Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

कैलालीमा बस दुर्घटना २ को मृत्यु

Monday, August 21, 2017 National Power


५ भाद्र, कैलाली – कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस सोमबार दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका -५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका -५ की ४८ वर्षीया दुर्गा देवी मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । गम्भिर घाइते भएका १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको बुढामगरले जानकारी दिए । बसमा २५ जना सवार रहेको र बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

 

-NPN_ 2017