५ भदौ, डडेल्धुरा – डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो ।पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल सोमबार बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।