Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

राप्रपाका अध्यक्ष लोहनी दुर्घटनामा घाइते

Sunday, August 20, 2017 National Power

४ भदौ, काठमाडौं – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी घाइते भएका छन् ।

नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उनको सवारी साधनलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।अध्यक्ष लोहनीले घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गरे । प्रहरीले उनी सवार कारलाई ठक्कर दिने ट्रक नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको जनाएको छ ।