२ भदौ, डडेल्धुरा – अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढी पीडितलाई दिने निर्णय गरेको छ । देशका विभिन्न क्षेत्रमा भएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको पीडालाई कम गर्न देशैभरीबाट राहत संकलन गरेर सहयोग होस् भनेर आफूहरुले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।
गाउँपालिका अन्तर्गतका सबै जनप्रतिनिधिको एकदिनको भत्ता, शिक्षक र कर्मचारीको एकदिनको तलव गाउँपालिका अध्यक्ष राहत कोषमा जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको अध्यक्ष भट्टले बताए ।