Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

तीज म्यूजिक अवार्ड भदौ ४ मा

Friday, August 18, 2017 National Power

२ भदौ, काठमाडौँ – चौथो छायांछवि तिज म्युजिक अवार्ड ०७४ को लागि मनोनयन सार्वजनिक भएको छ । यो वर्ष सार्वजनिक भएका तिज गीतहरू विभिन्न विधामा मनोनयन भएका हुन् ।

तिजका गीत संगीतलाई प्रोत्साहन मिलोस् र तिजका गीतले र त्यसका स्रष्टा र सर्जकमा उत्साह, उत्प्रेरणा रहिरहोस् भनी उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजक तथा छायांछवि तिज म्युजिक अवार्ड ०७४ का अध्यक्ष शान्तिप्रियले बताए ।

शान्तिप्रियकाअनुसार जुरी निर्णायकको आधारमा यो अवार्ड समपन्न हुँदै छ । यस अवार्डले तिजका नाममा आएका विकृति कमगर्न विशेष भूमिका खेल्ने र तिजको सकारात्मक पक्षलाई उजागर गर्दै लानेछ ।

अवार्डको उत्कृष्ट मनोनयनमा तिज दोहोरी गीत मिक्सिङ, एरेञ्जर, नवगायक, नवगायिका, गीत शब्द, गीत लय, गीत गायक, गीत गायिका, कम्पनी, मौलिक गीतलगायत रहेका छन् । अवार्ड वितरण आगामी ४ भदौमा सम्पन्न हुँदै छ ।

-NPN-2017