Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

राहत वितरणमा आचारसंहितालाई ध्यान दिन निर्देशन: निर्वाचन आयोग

Friday, August 18, 2017 National Power

२ भदौ, काठमाडौं – बाढी र पहिरोबाट पीडित प्रदेश नं २ का नागरिकका लागि राहत वितरणमा निर्वाचन आचारसंहिता पालनाको व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रजिअलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्राकृतिक प्रकोपपीडितका लागि नेपाल सरकारको एकद्वार प्रणालीबाट राहत वितरण भइरहेकामा उद्धार एवं राहत वितरणका नाममा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको स्वच्छता तथा निष्पक्षतामा प्रतिकूल प्रभाव नपरोस् भन्नेमा आयोग सचेत रहेको जनाउँदै निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा बिहीबारदेखि लागू भएको निर्वाचन आचारसंहिताको उल्लंघन हुन नदिन राहत वितरण गर्ने राजनीतिक दल र संघसंस्थाको राहत सामग्री जिल्लागत रुपमा गठित जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिलाई उपलब्ध गराउन र समितिमा प्राप्त राहत सामग्रीलाई उच्च प्राथमिकता दिई वितरण गर्ने व्यवस्था मिलाउन प्रजिअलाई निर्देशन दिइएको जनाइएको छ ।