Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राहत वितरणमा आचारसंहितालाई ध्यान दिन निर्देशन: निर्वाचन आयोग

Friday, August 18, 2017 National Power

२ भदौ, काठमाडौं – बाढी र पहिरोबाट पीडित प्रदेश नं २ का नागरिकका लागि राहत वितरणमा निर्वाचन आचारसंहिता पालनाको व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रजिअलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्राकृतिक प्रकोपपीडितका लागि नेपाल सरकारको एकद्वार प्रणालीबाट राहत वितरण भइरहेकामा उद्धार एवं राहत वितरणका नाममा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको स्वच्छता तथा निष्पक्षतामा प्रतिकूल प्रभाव नपरोस् भन्नेमा आयोग सचेत रहेको जनाउँदै निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा बिहीबारदेखि लागू भएको निर्वाचन आचारसंहिताको उल्लंघन हुन नदिन राहत वितरण गर्ने राजनीतिक दल र संघसंस्थाको राहत सामग्री जिल्लागत रुपमा गठित जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिलाई उपलब्ध गराउन र समितिमा प्राप्त राहत सामग्रीलाई उच्च प्राथमिकता दिई वितरण गर्ने व्यवस्था मिलाउन प्रजिअलाई निर्देशन दिइएको जनाइएको छ ।