Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

काँग्रेसका नगर सभापतिको दुर्घटनामा मृत्यु

Thursday, August 17, 2017 National Power


१ भदौ, झापा – नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उनको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।