Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बाढी प्रभावित क्षेत्र पुनःनिर्माण प्राधिकरण’ गठन गर्न राजपाको माग

Thursday, August 17, 2017 National Power


१ भदौ, काठमाडौँ – विपद्पश्चात्को आवश्यकताको सर्वेक्षण रिपोर्टका आधारमा ‘बाढी प्रभावित क्षेत्र पुनःनिर्माण प्राधिकरण’ गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय जनता पार्टीले माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएपछि राजपाका नेताले प्रधानमन्त्री देउवालाई बाढीपीडितको राहत तथा उद्धारका विषयमा १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा बाढीपीडितको राहतका लागि सरकारले तत्काल रु २६ अर्ब छुट्याउनुपर्ने, प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्ने, बाढीपछिको पुनःनिर्माणका लागि स्वदेशी तथा विदेशी निकायसँग सहयोगका लागि आग्रह गर्नुपर्ने, दाता सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग रहेका छन् । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले ठूलो संख्यामा बाढीपीडितमा अझै बासस्थान, खाद्यान्न र स्वास्थ्य समस्या रहेकाले त्यो समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिए ।