Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

नेपालीको शानः पृथ्वी परिक्रमा अवार्ड, यो वर्ष मात्रै ७ मुलुकमा हुँदै

Wednesday, August 16, 2017 National Power

३२ साउन, काठमाडौं – राष्ट्रिय बक्स अफिस इन्टर नेश्नल ग्रुपको सहयोगमा राष्ट्रिय बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष रामबहादुर सुवेदी ९आर।के।०ले थालेको विश्व परिक्रमा अन्तर्गत यो वर्ष जापान, बेलायत, क्यानडा, बेल्जियम, थाइल्याण्ड र दुबईमा पृथ्वी परिक्रमा अवार्ड कार्यक्रमको आयोजना गर्ने भएका छन् ।


उनको आयोजनालाई लिएर देश विदेशमा बस्ने विभिन्न नेपालीहरुले संसारभरी छरिएर बसेका नेपालीहरुलाई सामाजिक सञ्जालबाट सहयोगको आह्वान गरेका छन् । विभिन्न देशबाट उनले सहयोग प्राप्त हुन थालिएको सुवेदीले बताए । एउटा नेपाली युवाले आफ्नौ बलबुतले भ्याएसम्म देभभर अवार्ड आयोजना गरेर विश्व परिक्रमा अवार्ड गरी देशको नाम र पहिचान विश्वमाझ पु¥याउने जमर्को गरेका हुन् । विश्व परिक्रमा यात्र भने जस्तो सजिलो छैन, हिम्मत गरे हजारौं सहयोगी हातहरु भेटिन्छन् भन्ने हिम्मतका साथ आफू अघि बढेको उनले बताए । जस अन्तर्गत बेलायतमा विगत लामो समयदेखि बस्दै आएका समाजसेवी एवं होटल व्यवासायी सुरेन्द्रप्रसाद श्रेष्ठले सहयोग रकम प्रदान गरिसकेका छन् । यस्तै अन्य मुलुकबाट पनि सहयोगका लागि प्रतिवद्धता जनाइसकेको विश्व परिक्रमा यात्रामा रहेका सुवेदीले बताए ।

को हुन् आर.के. सुवेदी
दोलखा जिल्ला भिमेस्वर नगरपालिका वोडा न।७ मा जन्मेका सुवेदी हाल काठमाडौंलाई कर्मथलो बनाउँदै पत्रकारिता क्षेत्रमा आफूलाई उभ्याएका छन् । रंगपत्रकारितासँगसगै उनले विभिन्न अवार्ड तथा मैत्रीपूर्ण फूटबल समेत आयोजना गरेका छन् । उनले अवार्ड आयोजना गर्दै विभिन्न रेकर्डहरु समेत राख्न सफल भएका छन् । सगरमाथाको आधार शिविरमा बक्स अफिस फिल्म फेयर अवार्ड तथा मैत्रीपूर्ण फूटबल आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ज गराइसकेका छन् । पत्रकार आर।के सुवेदीले विभिन्न दुर्लभ स्थानहरुमा फिल्म अवार्ड आयोजना गरेर गिनिज बुकमा आफ्नो नाम लेखाइ सकेपछि गरे सबै सम्भव हुन्छ भन्ने आत्मविश्वासका पृथ्वी परिक्रमा अवार्डका लागि तम्सिएका हुन् ।


दुःख गरे एक दिन अवश्य लक्ष्यमा पुगिन्छ भन्ने हेक्का राख्ने सुवेदीको विगत निकै नै संघर्षपूर्ण रहेको थियो । दुई दसक अघि देखि सडकमा पत्रिका बेचेर नै समाजका कुरुती विरुद्ध पत्रिका निकाल्ने बाल प्रकाशक तथा सम्पादक हुन् । उन्ले आफ्नै प्रयासमा दोलखा सन्देश, चरिकोट टुडे, सिनेस्टार, बक्स अफिस जस्ता दर्जनौं पत्रिका प्रकासन गरेको छन् । नेपाल टेलिभिजनमा पनि उलने एक दसकभन्दा लामो समय पत्रकारिता गरे । पत्रकारितबाटै कलाकार हरुको देश बिदेशमा गरी १२७ औ संस्करण मैत्रीपूर्ण फुटबल आयोजना, पोहिलो पटक दशरथ रंगशाला, पोहिलोपटक, खाडी मुलुक दुबईमा, पोहिलो पटक एसिया थाइल्यान्ड र पोहिलो पटक युरोपेली मुलुक बेलायत नेपाली फिल्म अवार्ड आयोजना गरिसकेको छन् । संघर्षलाई नै सफलताको सूत्र मान्ने सुवेदी जस्तोसुकै चुनौतीको पनि सहजरुपमा सामना गर्दै आएका छन् ।

स्वदेश शुरु भएको अवार्ड ७ मुलुकमा
पृथ्वी परिक्रमा अवार्डको थालनी सुवेदीले नेपालका विभिन्न मठ मन्दिरमा विधिवत पूजाअर्चना गरी नयाँ वर्षबाट थालेका हुन् । राजधानीको पशुपतिनाथ मन्दिर, महांकाल भगवती मन्दिर, दक्षिणकाली, गणेशस्थान, मनकामना, बाराही मन्दिर लगायत महत्वपूर्ण शक्तिपीठहरुमा पूजा गरी आफ्नै देशबाट पृथ्वी परिक्रमा यात्रा थालेका थिए । यात्राकै तयारी सवै पूरा गरी २०७४ साल भित्र विश्वका सात वटा मुलुकमा पहिलो चरणको पृथ्वी परिक्रमा अवार्ड सम्पन्न गर्ने लक्ष्य लिएका छन् । जापानको लागि समाजसेवी व्यापारी एवं कलाकार सुनिता गुरुङ र ज्ञानेन्द्र पौडेलले सुवेदीको परिक्रमा अवार्डको सम्पूर्ण जिम्मा लिएका छन् ।


त्यसैगरी बेलायतको लागि समाजसेवी तथा व्यापारी सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा लण्डन न्यूजका पत्रकारहरुले पृथ्वी परिक्रमा अवार्डको जिम्मा लिएका छन् । हालै लण्डनमा सम्पन्न भएको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डका क्रममा अध्यक्ष सुवेदीले त्यहाका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा पृथ्वी परिक्रमा अवार्ड सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए । पत्रकार सम्मेलनको आयोजना गरी बेलायतमा बस्ने पत्रकार, स्थानीय वुद्धिजिवी र कानून व्यवसायीकाबीच उक्त सम्झौताका विषयमा जानकारी दिएका थिए ।
त्यस्तै क्यानडाको लागि जीटीए लायन्स क्लबका अध्यक्ष हरि शिवाकोटी र विश्व कीर्तिमानी सुदर्शन गौतमले उनको पृथ्वी परिक्रमाको अवार्डलाई सघाउने भएका छन् । जसको तयारी पनि तीव्र गतिमा भइरहेको सुवेदीले बताए ।

क्यानडामै ११ औं राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड पनि भव्य रुपमा गर्नको लागि र यही पृथ्वी परिक्रमा अवार्डको प्राविधिक तयारीको लागि चाडै क्यानडा प्रस्थान गर्ने भएका छन् । बेल्जियमको लागि निर्माता तथा कलाकारद्वय बेनीज्योति ढुंगाना र तेजेन्द्र कँडेलले संयुक्त रुपमा उनलाई सघाउने भएका छन् । बेनीज्योति र तेजन्द्र विगत दुई दशक अगाडिदेखि बेल्जियममा व्यापार व्यवसायसँगै समाजसेवामा लागि परेका व्यक्तित्व हुन् । उनीहरुले सुवेदीको पृथ्वी परिक्रमा अवार्ड देशको गौरवसँग जोडिएको हुँदा आफूले अवार्ड आयोजनामा सघाउने इच्छा राखेका हुन् । बेल्जियममा १२ औं राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको आयोजनाको सुवेदी र आयोजकबीच सम्झौता भइसकेको छ । दुबईको लागि कलाकार तथा निर्माता सुन्दरलाल श्रेष्ठले सघाउने भएका छन् । दुबईमा पहिलो पटक नेपाली फिल्म अवार्ड ‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड’ आयोजना गर्ने समुहका एक सदस्य सुमन खाँड र विगत लामो समयदेखि दुबईमा बसोबास गर्दै आएका बरिष्ठ समाजसेवी एवं व्यापारी शालिक सुवेदीले सघाउने कुरामा अवार्ड अध्यक्ष सुवेदीले आशा राखेका छन् ।

थाइल्याण्डमा भव्य हुने
त्यसैगरी थाइल्याण्डमा भने वृहत कार्यक्रमसहित सुवेदीको पृथ्वी परिक्रमा अवार्ड सम्पन्न हुने भएको छ । विगत लामो समयदेखि थाइल्याण्डमा बसोबास गर्ने तथा विभिन्न संघसंस्थाहरुले पृथ्वी परिक्रमा अवार्डको सञ्चालन गर्ने भएका छन् । जसको प्रचार प्रसारलाई लक्षित गरी आगामी तिहार पछि सुवेदीले आयोजना गर्ने दोस्रो संस्करणको उडिरहेको प्लेन, समुद्र मुनि, समुद्र माथि र पानी जहाजमा अवार्डको लागि नेपालबाट नेपालबाट २ सय कलाकारहरु थाइल्याण्ड टूरमा जाने भएका छन् । दास्रो संस्करणको यस फरक अवार्ड कार्यक्रममा नेपालबाट गएका कलाकारहरुले अवार्डसँगै मैत्रीपूर्ण फुटबल र थाइल्याण्ड पिकनिकमा रमाउने भएका छन् ।

अवार्डप्रति कलाकारको विश्वास
हालै पहिलो पटक बेलायतमा सम्पन्न भएको दशौं राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डमा नेपालबाट करीब चार दर्जन कलाकारलाई बेलायत पुगेका थिए ।


बेलायतमा पनि अहिलेसम्मकै दर्शकहरुको उपस्थितिका साथ अवार्ड कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । बेलायत पुगेका सबै कलाकारहरुले बक्स अफिसको उक्त अवार्ड कार्यक्रमलाप्रति सन्तुष्टि जनाउँदै आयोजकको मुक्तकण्ठले प्रसंशा गरेका थिए । चलचित्रकर्मीहरुले सुवेदीको प्रयास गौरवको रुपमा लिएको बताए । कुनै पनि संघ–संस्थाले सामुहिक रुपमा गर्न नसकेको काम भन्दै सुवेदीको एक्लो प्रयासले नै सम्भव भएपछि विदेशमा बस्ने आयोजकहरुले अवार्ड आयोजना लागि प्रस्ताव राख्न थालेका छन् ।

यसकारण पनि बक्स अफिस अवार्ड आगामी तीन वर्षका लागि आयोजक निश्चित भएका हुन् । निश्पक्ष र सबै चलचित्रकर्मीहरुलाई समेटेर गर्ने यस अवार्ड नेपाली चलचित्रकर्मीमाझ गौरवको अवार्ड भएको हुँदा सबैको विश्वास जित्न सकेको छ । सञ्चारकर्मीहरुले पनि अन्य अवार्डभन्दा बक्स अफिस अवार्डलाई विशेष महत्वका साथ हर्ने गरेका छन् ।

पछिल्लो समयमा अवार्ड आयोजकहरु निकै आलोचित भइरहेको अवस्थामा यस अवार्ड भने आफ्नो शाख जोगाउँदै पृथ्वी परिक्रमा अवार्डका बाबजुद हरेक संस्करणलाई उत्कृष्ट भन्दा झन उत्कृष्ट बनाउँदै लैजाने आयोजक सुवेदीले बताए ।

के हो पृथ्वी परिक्रमा अवार्ड ?
अहिले विदेशमा बस्ने आम नेपालीहरुको ध्यानाकर्षण गरिरहेको पृथ्वी परिक्रमा अवार्ड अन्य चलचित्र अवार्ड जस्तो होइन । यो अवार्ड विशुद्ध विदेशमा बसेका नेपाली मन भएका प्रवासीहरुमा लक्षित हो ।


विदेशमा बसेर पनि आफ्नो मातृभूमिप्रति सदैव योगदान पु¥याइरहनेहरुको गौरवका खातिर यो अवार्ड आयोजनाको उद्देश्य राखिएको हो । जहाँ अवार्डको आयोजना हुन्छ, त्यहाँ नेपाली मन हुन्छ, नेपाली राष्ट्रिय झण्डा फराउँछ । आफ्नो कला संस्कृतिको प्रचार प्रसार हुनुका साथै विश्वमाझ नेपालको नाम परिचित हुन्छ ।

यसको छनोटका लागि आफूले अनलाइन फारम भर्ने सुविधाहरु दिने र त्यो फारमा अहिले सम्म उनीहरुले गरेको योगदानलाई तीन सदस्यीय जुरी समुहले संयोजन गरी नोमिनेशन नगरीकन अवार्ड कार्यक्रम आयोजना गरी अवार्ड हस्तान्तरण गरिनेछ । अवार्डमा विदेशमै बस्ने कलाकारहरुलाई सांस्कृतिक कार्यक्रममा मौका दिनुका साथै स्वदेशबाट पनि सामेल भएका कलाकारहरुको प्रस्तुति राखिनेछ । यस पृथ्वी परिक्रमा अवार्डलाई धेरै भन्दा धेरै मानिसहरुले जानकारी पाउन भन्ने हेतुले दुई सयभन्दा वढी मिडिया पार्टनरहरुले सहयोग पु¥याउने भएका छन् ।

लोगोको महिमा बेग्लै
पृथ्वी परिक्रमा अवार्डको लोगो पनि निकै आकर्षक, लोभलाग्दो र अर्थपूर्ण बनाइएको छ । बरिष्ठ डिजाइनर एवं नेपाल राष्ट्र बैंकका नोट डिजाइनर सुन्दर श्रेष्ठले परिकल्पना गरी बनाएका हुन् । उनले जमिनमाथि नेपालको गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा, त्यसमाथि नेपाली पोशाक दौरा सुरुवाल, ढाका टोपी लगाएको एक नेपालीले राष्ट्रिय झण्डा फराउँदै पृथ्वी उचालेको बनाएका छन् । एक नेपालीले यो अवार्ड आयोजना गर्नु र अवार्ड हात पार्नु भनेको उसले सगरमाथाको शिखरबाट सिंगो पृथ्वी उचाल्नु सरह रहेको मर्म बोकेको छ ।

 

-NPN @ 2017