Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्दा १३ जनाको ज्यान गयो

Wednesday, August 16, 2017 National Power


३२ साउन – पोर्चुगलको मडेइरामा रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य ४९ जना घाइते भएका छन् । मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो । ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घाइते हुनेमा केही विदेशी नागरिक पनि रहेको उल्लेख गरिएको छ । फुन्चलमा रहेको दुई सय वर्ष पुरानो ओक्सको रुख लडेको हो । घटनापछि मडेइरा आइल्याण्डको स्थानीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ । यस्तै पोर्चुगलका राष्ट्रपति मार्सेलो रिकेलो डि साउसाले घटनाबाट आफू तथा सबै पोर्चुगिज नागरिक दुःखी भएको बताए।