Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

झापामा एकको मृत्यु, चारजना बेपत्ता

Wednesday, August 16, 2017 National Power


३२ साउन, झापा – झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो ।

यो सँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२४ परिवार प्रभावित भएका छन् भने दुई हजार ४४४ परिवार विस्थापित भएका छन् । यहाँका १२१ घर पूर्णरुपमा क्षति भएको रेडक्रस झापाले पछिल्लो विवरणअनुसार जनाएको छ । हालसम्म बाढीपीडितलाई केही त्रिपाल, कम्बल, झुल, म्याट र भाँडावर्तन उपलब्ध गराइएको रेडक्रस झापाका अभिषेक पोखरेलले जानकारी दिए ।