३२ साउन, काठमाडौं – संसदको बुधबारको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा संसदमा मंगलबार पेश भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बुधबार पनि छलफल हुन लागेको हो । संसदमा उठेका प्रश्नको प्रधनमन्त्री शेरबहादुर देउवाले जवाफ दिनेछन ।
एमाले उपाध्यक्ष भीम रावलले प्रस्ताव गरेको सार्वजनिक महत्वको प्रस्तावमा ऋषिकेश पोखरेल, कृष्णभक्त पोखरेल र शत्रुघन महतो समर्थक छन् ।बाढी पहिरोको दीर्घकालिन समाधान खोज्न जरुरी रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको हो । प्रस्तावमा नेपाली भूभाग डुबानमा पर्ने गरी भारतले सीमा क्षेत्र र दशगजामा एकतर्फी बाँध बनाएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।