Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

पत्रकार महासंघको अध्यक्षका लागि तीनजनाको उम्मेदवारी

Tuesday, August 15, 2017 National Power

३१ साउन, काठमाडौं – नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा अध्यक्षका लागि तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासंघका वर्तमान महासचिव उजिर मगर र माओवादीनिकट प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।

कोइरालालाई एमाले निकट प्रेस चौतारीले समर्थन गरेको छ । यस्तै कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा आचार्यले उम्मेदवारी घोषणा गरेका हुन । आचार्यलाई चुनौती दिनेगरी प्रेस सेन्टरबाटै मगरले पनि उम्मेदवारी घोषणा गरेका हुन ।

मगर यसअघि प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनबाट महासचिव बनेका थिए । यसपटक पनि चौतारी र सेन्टरको गठबन्धन कायमै राख्ने प्रयास भएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार सेन्टरले युनियनसँग तालमेल गरेको हो । पत्रकार महासंघको २५ औं महाधिवेशन आउँदो भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ ।