३१ साउन, काठमाडौं – माओवादी केन्द्रका सांसदहरुको एक महिनाको तलब बाढी पीडितका लागि दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले पार्टीका ८२ सांसदको एक महिनाको तलब बाढी पीडितका लागि छुट्याउने निर्णय गरेको माओवादी पार्टी स्रोतले जनाएको छ ।