Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

Monday, August 14, 2017 National Power

३० साउन, चितवन – जाम नखुल्दै बाटो बन्द भएपछि यात्रु मारमा त हुन्थे नै वर्षायामको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक फेरी उस्तै अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा आइतबारराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् ।