Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

स्वविवेकले काम गर सरकार : राष्ट्रिय शिवसेना पार्टी

Sunday, August 13, 2017 National Power

देश यति वेला प्राकृतिक प्रकोप (बाढी, पहिरो) ले गर्दा देश नै अक्रान्त बनेको छ । पहाडमा गएको लगातारको पहिरो र तराईमा गएको बाढीले हालसम्म झण्डै चार दर्जन भन्दा बढी नागरिकको ज्यान गइसकेको अवस्थामा नेपाल सरकारले राहत र उद्धारको कार्यमा आफ्नो चाललाई धिमी बनाइरहेको छ , भारतका सिमासंग जोडिएका तटबन्ध खोल्न लाचारी देखाइरहेको भनि शिवसेना नेपाल पार्टीले सरकारको तिव्र आलोचना गरेको छ ।

पार्टीका अध्यक्ष विक्रम बहादुर वमले हामीसंग भने कुनै प्रभुले राहत र उद्धार छिटो गर भने पछि मात्रै सरकारले तिव्रता दिने हो कि र ? सरकारले स्वविवेकले कार्य गर्न नसक्ने अवस्थामा रहेको भए जनतासंग स्पष्ट रुपमा भन्नु पर्ने भनि माग समेत राखेका छन् ।

साथै नेपाली सेना, नेपाल प्ररहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट,विभिन्न संघ संस्था र राजनितिक पार्टीका नेता कार्यकर्ताहरुले स्वतस्फुर्त रुपमा आमजनता यस दुःखमा साथ दिनको लागि कसैको आदेश नपर्खी अग्रसर हुनलाई पार्टीका कोषाध्यक्ष शुक्र शहादुर गुरुङले आग्रह समेत गरेका छन् ।

साथै आफ्ना पार्टीका शिव सैनिकहरुलाई पिडामा परेका जनताहरुको उद्धार र राहत काममा सक्रिय हुन अध्यक्ष बमले आफना पार्टीका कार्यकर्तालाई आव्हान गरेका छन् ।