Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गयो

Sunday, August 13, 2017 National Power

२९ साउन, काठमाडौं – बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गएको छ । गृह मन्त्रालयले भने बाढी पहिरोमा परि ४० जनाको ज्यान गएको पुष्टि भएको जनाएको छ ।
अहिलेसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा, मकवानपुर, दाङ र बर्दियामा २/२, तथा पाल्पा र धनुषामा एकरएक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा बाढीले बगाउँदा एकै घरका ६ सहित सातजना सम्पर्कबिहीन भएका छन् । बकैया गाउँपालिका १० मन्थलीमा शेरु खोलामा आएको बाढीले मंगल सिंह न्याचुरको घर बगाउँदा एकै परिवारका ६ जनासहित ११ जना हराइरहेका छन् ।
यस्तै बर्दियाका ९० प्रतिशत भन्दा बढी भूभाग डुवानमा परेका छन् । पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि सात सय घर डुबानमा परेका छन् । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न निर्देशन दिएपनि लगातारको झरीका कारण कठिनाई भएको छ । टेलिफोन, बिजुली र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।