Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गयो

Sunday, August 13, 2017 National Power

२९ साउन, काठमाडौं – बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गएको छ । गृह मन्त्रालयले भने बाढी पहिरोमा परि ४० जनाको ज्यान गएको पुष्टि भएको जनाएको छ ।
अहिलेसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा, मकवानपुर, दाङ र बर्दियामा २/२, तथा पाल्पा र धनुषामा एकरएक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा बाढीले बगाउँदा एकै घरका ६ सहित सातजना सम्पर्कबिहीन भएका छन् । बकैया गाउँपालिका १० मन्थलीमा शेरु खोलामा आएको बाढीले मंगल सिंह न्याचुरको घर बगाउँदा एकै परिवारका ६ जनासहित ११ जना हराइरहेका छन् ।
यस्तै बर्दियाका ९० प्रतिशत भन्दा बढी भूभाग डुवानमा परेका छन् । पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि सात सय घर डुबानमा परेका छन् । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न निर्देशन दिएपनि लगातारको झरीका कारण कठिनाई भएको छ । टेलिफोन, बिजुली र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।