Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राष्ट्रसङ्घको युवा सम्मेलनमा नेविसङ्घ

Friday, August 11, 2017 National Power

२७ साउन, अमेरिका – संयुक्त राष्ट्रसङ्घको २०औँ युवा सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा नेपालको एक प्रतिनिधीमण्डलले सहभागिता जनाएको छ ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सम्मेलनमा सहस्राब्दी विकास लक्ष्यका बहुपक्षीय विषयमा छलफल भएको महरले हामीलाई जानकारी दिएका छन् । “हामीहरुले नेपालका तर्फवाट सहस्राब्दी विकास लक्ष्यमा युवाको सहभागिताको विषयमा समूहगत छलफलमा भाग लिएका छौँ”, महरले भने ।

विश्वका एकसय चार देशका युवाको सहभागिता रहेको सम्मेलनमा गरिबी निवारण, शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालका तर्फवाट पनि आफ्नो धारणा राखिने कार्यक्रम रहेको नेवि सङ्घका महामन्त्री सरोज थापाले हामीलाई जानकारी दिएका हुन्। सम्मेलन बुधबार शुरु भएर चार दिनसम्म चल्नेछ ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा महामन्त्री सरोज थापा र नेवि सङ्घका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग भाग लिएका छन् ।

NPN