Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

कराँतेमा नेपाललाई चार स्वर्ण

Friday, August 11, 2017 National Power

२७ साउन, म्याग्दी – बंगलादेशमा च्याम्पियन बन्दै म्याग्दीका चार कराँते खेलाडीले कराँतेमा स्वर्ण पदक जितेका छन् ।

सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका हुन् ।

म्याग्दीमा विद्यालयमा प्रशिक्षणसहित अभ्यास गरेरसमेत राष्ट्रिय तथा सार्कस्तरीय खेलमा उपाधि जितेका बुढाले विदेशमा खेलेको सीपलाई व्यक्तिगत लगानीमा समेत नियमित गर्नुपर्ने बताएका छन् ।

प्रतियोगितामा सहभागी हुन पुगेका बूढाले ६७ केजी, गौरव घर्तीले ६०, प्रज्वल शेरचनले ५० र मार्सल गर्बुजाले ३५ केजी तौल समूहका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । “सार्कस्तरीय कराँतेमा नेपालका खेलाडीलाई बलियो दाबेदार मानिन्छ । खेलाडीलाई समेत राम्रो सम्मान हुन्छ”, बुढाले भने ।

गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलस्तरीय कराँते खेलका सर्वोत्कृष्ट खेलाडीसमेत घोषित बुढाले विदेशी खेलाडीसँग खेल्नेक्रममा सिकेको सीपलाई आफूले समेत प्रशिक्षणमा प्रयोग गर्ने बताए ।

“खेलमा सहभागीचारजना खेलाडीले स्वर्णपदक जित्नुलाई जिल्लाको ठूलो उपलब्धिका रुपमा लिएको छु”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले हामीलाई वताए