Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

हालसालै बनाएर तयार भएको नयाँ पुल बगाएपछि स्थानीय बासिन्दा आक्रोशित

Friday, August 11, 2017 National Power

२७ साउन, काठमाडौं – काठमाडौंको मध्यभागबाट बग्ने विष्णुमती नदीमा पानीको बहाव बढ्दा नयाँ पुल भाँचिएर बगाएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ को बिचबाट बग्ने विष्णुमती नदीमाथि नरदेवी, ताम्सीपाखा र डल्लु जोडिने हालसालै बनाएर तयार भएको नयाँ पुल बगाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । भर्खर बनाउन सकिएको र उद्घाटनै हुन बाँकी रहेको पुल बगाएपछि सरकारी निकायका कामप्रति स्थानीय जनप्रतिनिधिले पनि आक्रोश व्यक्त गरे । वडा नम्बर १५ का वडाध्यक्ष इश्वर मान डंगोलले आफूहरुलाई कुनै जानकारी नै नदिई बनाइएको र बगाएको अवस्थामा जिम्मेवारी लिन कोही नआएकोमा आक्रोश पोखे ।

स्थानीय बासिन्दा विपिन कपालीले पुल बनाउँदा बनाउँदै छोटो भएपछि पुनः जोडेर जोडेर बनाएको बताए । वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले पनि पुलबारे आफूहरुलाई कुनै जानकारी नदिइएकोमा आक्रोश पोखे । वडाध्यक्षद्वयलाई पुल कसले बनाउँदै गरेको भन्ने पनि जानकारी नभएको बताए ।