२७ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढिबाट भएको धनजन नष्टको तत्काल क्षतिपुर्ति दिन निर्देशन दिएका छन् ।
बिहीबार प्रधानमन्त्रीले सप्तरीको स्थानीय प्रशासनलाई निर्देशन दिँदै बाढिबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । सप्तरीमा आएको बाढिका कारण राजविराज नगरपालिकाको वडा नम्वर १५ मा धनजनको क्षति भएको छ । त्यहाका केही घरहरु ढुवानमा परेका छन् । प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढिको पुर्वव्यवस्थापन गरेर जोखिमयुक्त वस्तीहरु स्थानान्तरण गर्न पनि निर्देशन दिएका हुन् ।