Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

जंगली हात्तिको आक्रमणबाट बालकको मृत्यु

Thursday, August 10, 2017 National Power

२६ साउन, पर्सा – पर्साको सुवर्णपुर गाउँपालिका–२ इच्छानगरमा जंगली हात्तिको आक्रमणबाट एक बालकको ज्यान गएको छ । स्थानीय जुठे प्रजाका ११ वर्षका छोरा रिजन प्रजाको हात्तिको आक्रमणमा परि ज्यान गएको हो ।
चितवन राष्ट्रिय निकुञ्जबाट बुधबार राति गाउँ पसेको हात्तिको बथानले प्रजाको घरमा आतंक मच्चाएको थियो । चोटामा सुतेका रिजन होहल्ला गर्दै भाग्न थालेपछि हात्तिले आक्रमण गरी घरबाट दुई सय मिटर पर बारीमा लगि मारेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरीले जानकारी दिए। हात्तिकै आक्रमणमा परि यो क्षेत्रमा हरेक वर्ष ३र४ जनाको ज्यान जाने गरेको छ ।