Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

बैतडीको मेलौली नपाको बजेट रु ३० करोड ६२ लाख

Thursday, August 10, 2017 National Power

२६ साउन, बैतडी – बैतडीको मेलौली नगरपालिकाले रु ३० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

बुधबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ३० करोड ६२ लाख १२ हजार ४८४ को बजेट नगरप्रमुख कृष्णसिंह नायकले सार्वजनिक गरेका थिए। यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रममा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाका सबै वडामा सडकको व्यवस्था गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, एम्बुलेन्स खरिद गर्ने, मेलौली प्राथमिक स्वास्थ्यकेन्द्रमा शव गृह निर्माण गर्नेलगायत कार्यक्रम समावेश गरिएका छन् ।

यसैबीच, बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा पनि गाउँ परिषद् र नगरपरिषद् शुरु भएका छन् ।