Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

अबिरल वर्षाका साथै खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि स्थानियबासी समस्यामा

Thursday, August 10, 2017 National Power

२६ साउन, डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाको वडा नम्बर ८ र ९ का बासिन्दालाई जोड्ने पुलमा खहरेखोलामा आएको बाढीले क्षति पुर्‍याएपछि आवतजावतमा समस्या भएको छ ।

गएको साउन १९ गतेको अबिरल वर्षापछि आएको बाढीले पुलका तारजाली बगाएपछि वडा नम्बर ८ र ९ का बेबरी, जमरानीका बासिन्दा समस्यामा परेको स्थानीय बासिन्दाले बताए । पुलमा क्षति पुगेपछि बेबरी र जमरानीबाट विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भइरहेको छ । जमरानी, बेबरी नजिकै रहेको पुलका तारजाली बगाएपछि डरैडरैका साथ यात्रा गर्नु परेको स्थानीय बासिन्दाले बताएका छन् ।