Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अबिरल वर्षाका साथै खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि स्थानियबासी समस्यामा

Thursday, August 10, 2017 National Power

२६ साउन, डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाको वडा नम्बर ८ र ९ का बासिन्दालाई जोड्ने पुलमा खहरेखोलामा आएको बाढीले क्षति पुर्‍याएपछि आवतजावतमा समस्या भएको छ ।

गएको साउन १९ गतेको अबिरल वर्षापछि आएको बाढीले पुलका तारजाली बगाएपछि वडा नम्बर ८ र ९ का बेबरी, जमरानीका बासिन्दा समस्यामा परेको स्थानीय बासिन्दाले बताए । पुलमा क्षति पुगेपछि बेबरी र जमरानीबाट विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भइरहेको छ । जमरानी, बेबरी नजिकै रहेको पुलका तारजाली बगाएपछि डरैडरैका साथ यात्रा गर्नु परेको स्थानीय बासिन्दाले बताएका छन् ।