Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

म्यान अफ द ईयर २०१७ मा भाग लिन बुढाथोकी ईन्डोनेसिया जाँदै

Wednesday, August 9, 2017 National Power

काठमाडौं – पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१७’मा नेपालको प्रतिनिधित्व धु्रर्व बुढाथोकीले गर्ने भएका छन् । इन्डोनेशियामा १०देखि १९ अगष्टसम्म आयोजना हुने प्रतियोगीता एमएएलवाइयु फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
प्रतियोगीतामा नेपाल सहित भेनेजोयला, नेदरल्याण्ड, ब्राजिल, मेक्सीको, हंगेरी लगायत २० राष्ट्रका युवाहरुको सहभागीता रहनेछ । ‘मिष्टर नेपाल २०१७’का फष्ट रनरअप बिजेता बुढाथोकी बुधबार प्रतियोगीताका लागि इन्डोनेशिया उड्दै छन् ।


नेपाली पहिरन र भेषभुषा र कलासंस्कृती सहित प्रतियोगीतामा आफुले सहभागीता जनाउन लागेको बुढाथोकीले बताए । प्रतियोगीताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।

अवतार इन्टरनेशनलले उनलाई प्रतियोगीतामा पठाउन लागेको हो । ६ फिट हाइट र आकर्षक शरिरका धनी बुढाथोकी फिटनेश मोडल पनि हुन् । म्यान्ली, मस्कुलाइन, मोर्डन, मास्टर्ली र माइन फुल शिर्षकका ५ सवटाइल समेत प्रतियोगीतामा रहेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।

बुढाथोकीको प्रतियोगीतामा सहभागीताले नेपालको युवालाई बिभिन्न अन्तराष्ट्रिय प्रतियोगतिाको ढोका खेल्ने अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताए ।