Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

प्रदेश नम्बर २ को उम्मेदवार टुंगो लगाउन निर्देशन

Wednesday, August 9, 2017 National Power

२५ साउन, काठमाडौं – तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावकाका लागि नेपाली कांग्रेसले साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश नं २ मा आउँदो असोज २ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवार तय गरिसक्न पार्टीका स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो । काँग्रेसले यसअघिको पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको परिपत्रबमोजिम प्रक्रिया पूरा गरी टुङ्गो लगाएर साउन २९ गतेभित्र उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं २ का आठवटै जिल्ला पार्टी निकायलाई निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह चुनाव तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ ।