२५ साउन, कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभान पाथेगाउँमा पहिरो जाँदा १३ घरपरिवार बिस्थापित भएका छन् । मंगलबार राति ९ बजेतिर गाउँमाथिको ढिस्को खसेर पहिरो जाँदा १३ घरमा क्षती पुगेको र ५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घरमा बस्न नमिल्ने भएपछि १३ घरपरिवारले राति भागेर ज्यान जोगाएका हुन् । उनीहरु अहिले नजिकैको चौरमा बसिरहेका छन् । रिभानमा अहिले पनि पानी परिरहेकाले उनीहरुलाई बस्न समस्या भएको छ । उद्धारको लागि प्रहरी टोली त्यसतर्फ जान लागेको प्रहरीले जनाएको छ ।