काठमाडौँ – यो बर्षको एल।जी।सिने सर्कल अवार्ड सम्पन्न भएको छ। सोमबार राजधानीको आर्मी अफिसर्स क्लबमा अवार्ड समारोह सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरुको बाक्लै उपस्थिति रहेको थियो। कार्यक्रममा बलिउडको चर्चित अभिनेत्री तथा चलचित्र ‘माईतिघर’कि अभिनेत्री माला सिन्हा र उनका श्रीमान सिपि लोहनीको पनि उपस्थिति रहेको थियो ।
सम्पन्न अवार्ड कार्यक्रममा बर्षकै उत्कृष्ट चलचित्र ‘जात्रा’ ठहरियो भने, बर्षकै उत्कृष्ट अभिनेतारअभिनेत्रीको अवार्ड बिपिन र वर्षाको पोल्टोमा परेको छ। त्यस्तै कार्यक्रममा द्धन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले महर्जनलाई अवार्ड प्रदान गरेका थिए ।
त्यस्तै सम्पन्न अवार्ड कार्यक्रममा नेपाली चलचित्र ५१ बर्ष पुरा भएकोमा नेपालको पहिलो निजि क्षेत्रबाट निर्माण भएको चलचित्र ‘माईतिघर’का अभिनेता सिपि लोहनी र अभिनेत्री माला सिन्हाका साथै चलचित्रका टिमहरुलाई विशेष सम्मान प्रधान गरिएको थियो ।
अन्य अवार्ड विजेताको विवरण तल उल्लेख गरिएको छ .
१. उत्कृष्ट पोष्टर ( सुन्दर श्रेष्ठ _‘ छक्का पन्जा)
२.उत्कृष्ट ट्रेलर ( सुरेन्द्र पौडेल _ लुट )
३. उत्कृष्ट स्टन्ट ( राजु तामाङ _जय परशुराम)
४. बर्षको पपुलर गीत ( ठमेल बजार _लुट २)
५. बर्षको सर्वाधिक व्यापार गर्ने चलचित्र निर्देशक( दिपाश्री निरौला )
६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मान्छे _नविन अवाल)
७. उत्कृष्ट भीएफएक्स ( सत्यम राना रसुदिप आचार्य _ जय परशुराम )
८. उत्कृष्ट कोरियोग्राफर ( कविराज गहतराज _पुर्व पश्चिम रेल_ छक्का पन्जा)
९.उत्कृष्ट एक्सन संयोजक ( हिमाल केसी_ के म तिम्रो होइन र)
१०. उत्कृष्ट संगीतकार ( कालिप्रसाद बाँस्कोटा _निर जहिले रिसाउने _पुरानो डुंगा)
११. उत्कृष्ट पार्श्व गायक ( युवराज चौलागाई ‘तिमि साथ हुदा निु_ पलाँस)
१२. उत्कृष्ट पार्श्व गायिका ( मिना निरौला _ठमेल वजार_९लुट २)
१३. उत्कृष्ट ध्वनी मिश्रण ( शैलेश श्रेष्ठ _ गाजलु )
१४. उत्कृष्ट सम्पादन ( अर्जुन जिसी _विरविक्रम)
१५. उत्कृष्ट जोडी ( माओत्से गुरुङ र मेनुका प्रधान_पुरानो डुंगा)
१६ .पपुलर अभिनेत्री( प्रियंका कार्की _ छक्का पन्जा)
१७ . पपुलर अभिनेता(दीपकराज गिरी _छक्का पन्जा)
१८. उत्कृष्ट पटकथा( प्रदिप भट्टराई _जात्रा)
१९. उत्कृष्ट अभिनेता ( विपिन कार्की _ जात्रा)
२०. उत्कृष्ट अभिनेत्री ( बर्षा राउत _जात्रा)
२१. उत्कृष्ट निर्देशक ( प्रदिप भट्टराई _जात्रा’)
२२.उत्कृष्ट चलचित्र ( जात्रा)