Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते

Monday, August 7, 2017 National Power

२३ साउन, धादिङ – ट्रिपरले पृथ्वीराजमार्ग अन्तरगत सोमबार बिहान धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा धुनीबेसी नगरपालिका वडा नम्बर ९ का १८ वर्षका अजय तामाङको ज्यान गएको छ । ठक्कर दिएपछि चालक ट्रिपरसहित घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले चालकलाई पक्रेको छ । घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।