Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

गीता अधिकारी र आशा सुब्बालाई सम्मान

Sunday, August 6, 2017 National Power


२२ साउन, काठमाण्डौँ – नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजनाबीच विगत लामो समयदेखि पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएको भन्दै गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको हो । उनीहरुलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रि आशा कोइरालाले सम्मान गरेकी थिइन् ।
कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष दिनेश लिङदेनद्वारा निर्देशन तथा निर्माण गर्न लागिएको सामाजिक चलचित्र ‘शान्ति’को शुभमुहुर्त पनि गरिएको थियो । कार्यक्रम नेपाल चलचित्र युवा मञ्च र फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लि.को संयुक्त आयोजनमा गरिएको गरिएको थियो ।