Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

एक सातादेखि विद्युत् सेवा बन्द

Sunday, August 6, 2017 National Power

२२ साउन, रुकुम – जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ ।

केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो ।विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।

विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीलाई उपचारमा समेत समस्या भएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेका सिनियर अहेव दीपक विष्टले जानकारी दिए ।