Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

प्रहरी भ्यानमा बम बिस्फोट,चारजना प्रहरी घाइते

Sunday, August 6, 2017 National Power

२२ साउन, सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा प्रहरी भ्यानलाई लक्षित गरी बम बिस्फोट हुँदा चारजना प्रहरी घाइते भएका छन् । गएराति गस्तीमा रहेको प्रहरी टोलीको बा १ झ ७३९२ नम्बरको भ्यानलाई लक्षित गरी श्रीपुरमा प्रेसर कुकर बमबाट बनाइएको एम्बुस बिस्फोट भएको हो ।

बिस्फोटनमा परि प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी निरीक्षक यादवको अवस्था गम्भीर रहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए। घाइते सबैको लहान अस्पतालमा उपचार भइरहेको छ । भ्यानमा १२ जना प्रहरी रहेको थिए भने ८ जना सकुसल रहेको प्रहरीले जनाएको छ ।

राति साढे ११ बजे भएको बिस्फोटको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका अध्यक्ष सिजन कुमारले फोन गरेर घटनाको जिम्मेवारी लिएको प्रहरीले जनाएको छ ।