Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सहमति

Sunday, August 6, 2017 National Power


२२ साउन – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि बसेको सुरक्षा परिषद बैठकमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको लगानीमा पनि कटौती हुनेछ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सुरक्षा परिषद बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । उत्तर कोरियामाथि लागेको नयाँ प्रतिबन्ध कुनै पनि देशमाथि लागेको अहिलेसम्मकै सबैभन्दा कठोर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताए ।

उत्तर कोरियाले गएको जुलाईमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले ती मिसाइलको सफल परीक्षणपछि अब अमेरिकाको सबै मुख्य क्षेत्रमा आफूले मार हान्न सक्ने दाबी गरेको थियो ।