Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

स्कुलबाट बालक अपहरण गर्ने प्रमुख योजनाकार पक्राउ

Sunday, August 6, 2017 National Power

२२ साउन, काठमाडौं – प्रहरीले काठमाडौंका बालक विशाल चौधरीको अपहरणमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरिय प्रहरी अपराध महाशाखा टेकुले शनिबार पत्रकार सम्मेलन गरी बालक अपहरणमा संलग्न रामेछापका राजु विक र विष्णु पाण्डेलाई सार्वजनिक गरेको हो ।
विकलाई रामेछापबाट र पाण्डेलाई उदयपुरबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।आर्थिक उद्देश्यका कारण बालक अपहरण गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । काठमाण्डौको असनमा व्यापार गर्दै आएका बिजय चौधरीका ५ बर्षिय छोरा विशाल साउन १२ गते पकनाजोलस्थित सरस्वती बोर्डिङ सेकेण्डरी स्कुल गेटबाट अपहरणमा परेका थिए ।

उनलाई अपराध महाशाखाको अनुसन्धान टोलीले १६ गते बिहान काँडाघारीबाट सकुशल उद्धार गरेको थियो । बालक फेला पर्नुअघि अपहरणकारीले बालकका आफन्तलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौति मागेका थिए ।