२० साउन, रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले गोली चलाएको छ ।
मणिग्राम चोकमा रहेको श्रीस मार्वलका संचालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको जनाइएको छ ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाको समूहले भण्डारीलाई लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको तर भण्डारी सुरक्षित रहेको बताइएको छ । गोली प्रहार गर्ने को हुन र के कारणले गोली प्रहार गरेका हुन् भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।