२० साउन, चितवन – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा भैरहेको पुनःमतदानमा मतदाताको उत्साह कम देखिएको छ । अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । पानी परिरहेकोले मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ । जिल्ला बाहिर रहेका मतदाता पहिले जसरी गाउँ नफर्किएकाले पनि चहलपहल कम देखिएको हो ।