Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भरतपुर १९ मा मतदान हुँदै मतदाताको उत्साह कम

Friday, August 4, 2017 National Power

२० साउन, चितवन – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा भैरहेको पुनःमतदानमा मतदाताको उत्साह कम देखिएको छ । अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । पानी परिरहेकोले मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ । जिल्ला बाहिर रहेका मतदाता पहिले जसरी गाउँ नफर्किएकाले पनि चहलपहल कम देखिएको हो ।