Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भैँसी चराउन गएका तीनको मृत्यु

Friday, August 4, 2017 National Power


२० साउन, कपिलबस्तु – खोलाले बगाएर जिल्लाका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरी बुधबार भैँसी चराउन गएकामा खोलाले बगाएर बेपत्ता बनाएपछि उनको शव खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी विजयनगर गाउँपालिका–१ नौडिहवाका ४५ वर्षीय पुस्ते सुनार तथा रोल्पा घर भई विजयनगर गाउंपालिकामा आफन्तका घरमा आएका ५० वर्षीय मित्रे सुनारको विसहवा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जानकारी दिए ।