Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

संघ र प्रदेशको निर्वाचन मंसिरभित्रै गराउने योजनामा सरकार

Friday, August 4, 2017 National Power

२० साउन, काठमाडौं – आउँदो मंसिर महिनाभित्रै संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने योजनामा सरकार रहेको गृहमन्त्री जनार्दन शर्माले बताए ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग गृह मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा राजदूत ओगावाले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण ढंले सम्पन्न गरेकामा गृहमन्त्री शर्मालाई बधाई दिँदै तेस्रो चरणको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुभकामना दिए ।

गृहमन्त्री शर्माले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जापानका बौद्ध धर्मावलम्बीको आगमन झनै सहज हुने बताए । उनले जापानी अनुभवका आधारमा उद्धार कार्यमा स्थानीय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताए।