Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

शिक्षकमाथि हातपात भएपछि विद्यालयअनिश्चितकालका लागि बन्द

Thursday, August 3, 2017 National Power


१९ साउन, हुम्ला – विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले शिक्षकमाथि हातपात गरेपछि हुम्लाको खार्पूनाथ गाउँपालिकाको बाग्येश्वरी आधारभुत विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। सरसफाई नगरेको निहुँमा विद्यार्थीलाई पिटेको भन्दै विद्यालय व्यववस्थापन समितिका सदस्यले विद्यालयभित्रै गएर शिक्षकमाथि हातपात गरेका थिए।विद्यालयका व्यवस्थापन समिति सदस्य रुपसिंह भण्डारीले विद्यालयमा पढाई भइरहेको बेला विद्यालयका शिक्षकलाई लठ्ठीले हिर्काएपछि असुरक्षाको कारण देखाउँदै शिक्षकहरुले अनिश्चितकालिन विद्यालय बन्द गराएको प्रधानाध्यापक गणेश शाहीले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका सदस्य भण्डारीले हातपात गरेको स्विकार गरेका छन्। उनले कक्षा ३ मा अध्ययन गर्ने रेश्मा भण्डारीलाई सरसफाई नगरेकोे निहुँमा शिक्षकले पिटेपछि उनीमाथि हातपात गरेको बताए। विद्यालयमा बालमैत्री वातावरण बनाउने भनिए तापनि शिक्षकले विद्यार्थीमाथि यातना दिएका कारण अभिभावकहरु रिसाउनु स्वभाविक भएको उनले बताए।