Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

मुग्लिन–नारायणगढ सडकमा हेलचेक्र्याइँ भए कारबाही गर्ने प्रधानमन्त्रीको चेतवानी

Wednesday, August 2, 2017 National Power

१८ साउन, चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको लाइफलाइन सडकको रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको काम छिटो सम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन दिँदै ढिलो गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।बुधबार उक्त सडकको स्थलगन अनुगमन गर्दै प्रधानमन्त्रीले लापरबाही गर्ने ठेकेदार र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् । “यो सडक मुलुकको लाइफलाइन हो,” प्रधानमन्त्रीले आयोजना प्रमुख र ठकेदारहरुसँग भने, “तपाईहरुले यो सडकमा कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिँदैन । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पूरा गर्नुहोस् ।”

प्रधानमन्त्री देउवाले सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफू तत्काल समाधान गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्रीले निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैंकसँग कुनै समस्या भए पनि आफूले छलफल गरेर समाधान गर्ने बताए ।प्रधानमन्त्रीले मुग्लिन–नारायणगण सडक खण्डको २० किलोमिटर अवलोकनसमेत गरेका थिए । चितवनको रामनगरबाट २० किलोमिटर मुग्लिनतर्फ स्थलगत अध्ययन गरेर उनले सडक निर्माणको अवलोकन गरेका थिए ।