Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

अस्मिताले लिएर आईन जो मादलको धुन्न

Wednesday, August 2, 2017 National Power

तीज आउन अव केही दिन मात्रै वाँकी छ तीजलाई रंगीन वनाउन महिलाहरुले कुनै कसर छाडेका हुँदैनन् , तीज भन्ने वितिक्कै घर माईतीकै कुरा चलेका हुन्छ्, सासु ससुरा, नन्द देवर, आदि ईत्यादी आफ्नै विचका पैठेजोरी पनि चलेकै हुन्छ । टाढा टाढाबाट माईतीघर आउन पाउनेको खुशी र आउन नपाउनेहरुको विलौनालाई गीत वनाई प्रस्तुत गर्नै प्रचलन हाम्रो नेपाी समाजमा प्रख्यात रहेकोछ ।बिशेष गरी तीजगीत भन्नाले महिलाहरुले मात्रै गाउने प्रचलनमा थियो तर पछिल्लो समय यस्तो परम्परा तोडिएकोछ । तीज गीतमा जुहारी हुन थालेकोछ यस्ले संस्कृतिमा कत्तिको असर परेको छ वा छैन यो सरोकारवालाहरुले ने वुझ्ने कुरा हो ।

यस पटक तीज गीतलाई तीजलाई लक्षित गरी विभिन्न गायक गायिका हरुले तीज भाकाका गीतहरुलाई वजारमा ल्याउने क्रममा प्रतिभावान गायिका अस्मिता रानामगर र गायक हरि वहादुर काफ्ले मगरले तीजको नयाँ कोशेली जोर मादलको धुन्न लिएर दर्शक श्रोताको विचमा आएका छन् ।


मालती डिजिटलको प्रस्तुती रहेको  हरि वहादुर काफ्ले मगरको शव्द र तीर्थ विरक्त पाख्रीनको लय सकलनमा तयार भएको गीतको भिडियोलाई विजय वुद्ध मगरले निर्देशन गरेका छन् ।


बहुप्रतिभाको भनी अस्मिता स्वयंले गीतमा कम्मर मर्काएकी छिन् भने उनलाई साथ दिने कलाकारहरुमा मनोज वराल र राजन मगराती रहेका छन् ।