Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

लोडसेडिङ भएको विरोध गर्दै प्रहरीसँग झडप हुँदा ८ प्रहरीसहित १२ जना प्रदर्शनकारी घाइते

Wednesday, August 2, 2017 National Power

१८ साउन, रुपन्देही – रुपन्देहीको मंगलापुरमा प्रहरी र स्थानीय विद्युत उपभोक्ताबिच मंगलबार झडप हुँदा ८ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् ।

पटक पटक लोडसेडिङ भएको र लो भोल्टेज हुने गरेको भन्दै तिलोत्तमा नगरपालिका गलापुरका बासिन्दाले बुटवल भैरहवा सडकमा चक्काजाम गर्न खोजेका थिए । उनीहरु मंगलापुरस्थित विद्युत शाखामा तालाबन्दी गरेर सडकमा उत्रेका थिए ।

प्रहरीले अवरोध हटाउन खोज्दा झडप भएको हो । सडक जाम गरेर ढुंगामुडा गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले बताउनुबताए। प्रहरीले तीन सेल अश्रु ग्यास प्रयोग गरेको थियो । झडपका क्रममा दुई वटा गाडीमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।