१६ साउन, कैलाली – प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा कैलाली गौरीगंगा नगरपालिका ४ का २४ वर्षीय लक्की भन्ने लालबहादुर साउँदलाई गोदावरी नगरपालिका २ स्थित अत्तरिया बजारबाट आइतबार नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जानकारी दिएको छ । उनको साथबाट सेतो प्लास्टिकमा बेरेर राखिएको १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामत गरएकिो पनि प्रहरीले जनाएको छ ।