Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

स्कुलबाट अपहरणमा परेका बालक ५ दिनपछि सकुशल भेटिए

Monday, July 31, 2017 National Power

१६ साउन, काठमाण्डौँ – राजधानीको एक स्कुलबाट अपहरणमा परेका ५ वर्षिय विशाल चौधरीलाई प्रहरीले उद्धार गरेको छ । अहपरणमा परेको ५ दिनपछि उनको भक्तपुरको काँडाघारीबाट उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख छवीलाल जोशीले जानकारी दिए । अपरहरणमा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ पनि परेको प्रहरीले जनाएको छ । काँडाघारीमा अपहरणकारीले छाडेर हिँडेको हुन सक्ने उनले बताए । क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत बालक चौधरीलाई छुट्टी हुने बेलामा अर्कै व्यक्तिले लगिसकेको थियो ।