Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

डा.गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे आज पनि वार्ता हुँदै

Monday, July 31, 2017 National Power

१६ साउन, काठमाडौं – ११ औं पटक अनसनमा बसिरहेका डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे सोमबार पनि वार्ता हुँदैछ । डा. केसीको माग अनुसार त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारे छलफल हुनेछ ।
संस्थानका डिनले स्वायत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए ।आफ्नो सुझाव र माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पारित, विगतका सम्झौता कार्यान्वयन, विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार आइओएममा फिर्ता लगायत माग गर्दै ११ औं पटक अनसन थालेको आठ दिन भएको छ ।अनसनका कारण केही दिनदेखि डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिटो डा. केसीले उठाएका माग पुरा गरेर अनसन टुंग्याउन निर्देशन दिएको छ ।