Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

डा.गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे आज पनि वार्ता हुँदै

Monday, July 31, 2017 National Power

१६ साउन, काठमाडौं – ११ औं पटक अनसनमा बसिरहेका डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेबारे सोमबार पनि वार्ता हुँदैछ । डा. केसीको माग अनुसार त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारे छलफल हुनेछ ।
संस्थानका डिनले स्वायत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए ।आफ्नो सुझाव र माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पारित, विगतका सम्झौता कार्यान्वयन, विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार आइओएममा फिर्ता लगायत माग गर्दै ११ औं पटक अनसन थालेको आठ दिन भएको छ ।अनसनका कारण केही दिनदेखि डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिटो डा. केसीले उठाएका माग पुरा गरेर अनसन टुंग्याउन निर्देशन दिएको छ ।