Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

प्रहरीले सिड्नीमा आतंककारी आक्रमणको योजना विफल पार्‍यो

Sunday, July 30, 2017 National Power

१५ साउन – अस्ट्रेलियाको प्रहरीले एक विमानमाथि आतंककारी आक्रमण गर्न खोजिएको बेला असफल पारेको प्रधानमन्त्री माल्कम टर्नबुलले बताए। आतंककारीले एक विमानमा आतंककारी आक्रमण गर्ने तयारी गरेको आशंकामा प्रहरीले कारवाही अभियान गरेको प्रधानमन्त्री टर्नबुलले बताए। यसक्रममा प्रहरीले आतंककारीको योजना असफल पार्न सफल भएको अस्ट्रेलियाका अधिकारीले बताएका छन् । प्रहरीले सिड्नीमा गरेको कारवाही अभियानको क्रममा आक्रमणको योजना बनाएको आशंकामा चारजनालाई पक्राउ गरेको छ । आतंककारीले विस्फोटक उपकरण प्रयोग गरी विमानमा क्षति पुर्‍याउने तयारी गरेको सूचनाका आधारमा कारवाही अभियान सुरु गरिएको र आतंककारीको प्रयास असफल पार्न सफल भएको प्रधानमन्त्री टर्नबुलले बताए । अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारीको र सिड्नीसहित देशभर आतंककारी विरुद्धको अभियान तीब्र पारिएको उनले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । आतंककारीको आक्रमण योजना असफल पारे पनि अझै पनि खतरा भने रहेको सरकारी अधिकारीले बताएका छन् ।