Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

नायब सुब्बा राय भारतको सोनवर्षाबाट अपहरणमुक्त

Sunday, July 30, 2017 National Power

१५ साउन, महोत्तरी – जिल्ला मालपोत कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त भएका छन ।बिहीबार कार्यालयबाट घर वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा परेका नायबसुब्बा राय शनिबार भारतको बिहार सीतामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त भएका हुन ।

अपहरणकारीले रायलाई सोनवर्षास्थित मन्जुर शेखको घरमा राखी घरपरिवारसँग २८ लाख रुपैयाँ माग गरेको र दिन नसक्दा १० लाख रुपैयाँ बराबरको कागज गर्न लगाई रायकी श्रीमती द्रौपती रायको नाममा चिठी लेख्न लगाइएको थियो ।

त्यही चिठी लिएर पैसा माग्ने क्रममा प्रहरीमा जानकारी प्राप्त भई घटनास्थल पुगेका प्रहरीले अपहरणमा संलग्न सर्लाही वेल्ही गाविसका वीरेन्द्र ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठाकुर पक्राउ परेलगत्तै अपहरणमा रहेका यादवलाई भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।