Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

नायब सुब्बा राय भारतको सोनवर्षाबाट अपहरणमुक्त

Sunday, July 30, 2017 National Power

१५ साउन, महोत्तरी – जिल्ला मालपोत कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त भएका छन ।बिहीबार कार्यालयबाट घर वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा परेका नायबसुब्बा राय शनिबार भारतको बिहार सीतामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त भएका हुन ।

अपहरणकारीले रायलाई सोनवर्षास्थित मन्जुर शेखको घरमा राखी घरपरिवारसँग २८ लाख रुपैयाँ माग गरेको र दिन नसक्दा १० लाख रुपैयाँ बराबरको कागज गर्न लगाई रायकी श्रीमती द्रौपती रायको नाममा चिठी लेख्न लगाइएको थियो ।

त्यही चिठी लिएर पैसा माग्ने क्रममा प्रहरीमा जानकारी प्राप्त भई घटनास्थल पुगेका प्रहरीले अपहरणमा संलग्न सर्लाही वेल्ही गाविसका वीरेन्द्र ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठाकुर पक्राउ परेलगत्तै अपहरणमा रहेका यादवलाई भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।