१४ साउन, नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा शनिवार यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा भएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।