Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भरुवा बन्दुकसहित दुई जना पक्राउ

Saturday, July 29, 2017 National Power

१४ साउन, ताप्लेजुङ – प्रहरीले ताप्लेजुङमा भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।ताप्लेजुङ सिरिजङघा गाउँपालिका– ५ बस्ने २८ वर्षीय सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने २२ वर्षीय छिरिङ शेर्पा २ थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले उनीहरुलाई समातेको हो । पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको जनाएको प्रहरीले जनाएको छ ।